‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जनाले लिए सेवा « Khabarhub

‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जनाले लिए सेवा


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जना बिरामीले उपचार तथा परामर्श सेवा पाएका छन्।

प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजनामा तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ गतेदेखि तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो।

शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकबाट शल्यक्रिया गरिएको नबिल बैंकले जनाएको छ। जटिल अवस्थाका एक जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ।

लामो समयदेखि उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक रूपमा कमजोर बिरामीहरूले शिविरमार्फत निःशुल्क सेवा पाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : १३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण