हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार « Khabarhub

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको सुरक्षाकर्मीद्वारा उद्धार गर्न थालिएपछि यात्रुवर्गमा उत्साह थपिएको छ । सुरक्षा निकायले मोटरबाटो नपुगेका लाङ्टाङ तथा पवित्रतीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई केन्द्रित गरी बिरामी पर्नासाथ स्टेचरमा बोकी छिटोभन्दा छिटो अस्पताल पुर्‍याइदिने प्रावधानले तीर्थालु तथा पर्यटकमा उत्साह थपिनुका साथै यात्रुहरूको आगमन पनि बढ्दै गएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्ड मेलाको समयमा लेक लागेर समस्यामा पुगेका २२ जनालाई सुरक्षा निकायका प्रतिनिधिले उद्धार गरेका समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए । उनका अनुसार नयाँ वर्षको आगमनसँगै लाङटाङ पदयात्रामा जाँदै गरेका एक विदेशी पर्यटकलाई नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार गरी जीवनरक्षा गरेका छन् ।

चालु आवमा उद्धार भएका पर्यटकमा १८ नेपाली र चार जना विदेशी रहेका अध्यक्ष डिएमले जानकारी दिए । उद्धार भएका विदेशीमा अष्ट्रेलियाका नागरिक ६७ वर्षीय रामेज, ५९ वर्षीय इजरायली नागरिक पेरिटी यित्शाक, थाइल्याण्डका २२ वर्षीय उप्रा सुखोन तोस्रा र इटालीकी ३६ वर्षीया अत्न्ग्मा सुकान्ने मामी रहेको सुरक्षा निकायले जनाएको छ । बिरामी भई जटिल अवस्थामा पुगिसकेका व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरी नयाँ जीवन दिलाएका उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहीका अनुसार पछिल्लो समय बिरामी परेका अस्ट्रेलियन नागरिक भने रिभर होटल नजिक प्लास्टिकको ओतमुनि अशक्त अवस्थामा भेटी उद्धार गरिएको छ। “उहाँलाई नेपाली सेनाको श्रीनाथ गण र रसुवा प्रहरीको संयुक्त टोलीले बोकेर सुरक्षित रूपमा जिल्ला अस्पताल धुञ्चे पुर्‍याएको थियो”, उनले भने । उद्धारपछि अस्पतालमा गरिएको उपचार सफल हुर्दै गएको बताउँदै बिरामीको अवस्था सुधारोन्मुख रहेको जिल्ला अस्पताल रसुवाका सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले जानकारी दिए ।

लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्रा गर्ने क्रममा पर्यटक तथा यात्रु बिरामी, घाइते वा अलपत्र पर्दा रसुवामा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निरन्तर मानवीय सेवामा समर्पित हुँदै उद्धार कार्य गर्दै आएका छन् । दुर्गम हिमाली भूगोल, प्रतिकूल मौसम र जोखिमपूर्ण बाटोका बाबजुद सुरक्षाकर्मीले देखाउँदै आएको साहस, समर्पण र सेवा भावले नेपाली सुरक्षा अङ्गप्रतिको विश्वास यात्रु माझ अझ मजबुत बन्दै गएको नागरिक समाजले जनाएको छ ।

विगतदेखि हिमाली क्षेत्रमा भएका यस्ता उद्धार कार्यले नेपाललाई सुरक्षित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको सरोकारवालाहरूको भनाइ छ । सुरक्षाकर्मीको तत्परता र मानवीय संवेदनशीलताले सङ्कटमा परेका स्वदेशी तथा विदेशी यात्रुलाई नयाँ जीवन प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : २९ बजे

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै

एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति

काठमाडौं– पछिल्लो समय नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

पर्यटकलाई आकर्षित गर्दै बराहताल

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म

लहानमा सडक विस्तारले गति लिँदै

सिरहा- सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको

सामाजिक सञ्जालमा बिरामीको गोपनीयता नखुलाउन मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक