पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता « Khabarhub

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का घटना दर्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

प्राधिकरणका अनुसार विपद्का घटनामा चार जना घाइते भएका छन् । भौतिक क्षतितर्फ करिब ४७ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको नोक्सानी भएको छ भने एक चौपायाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १५ जिल्लामा १९ वटा आगलागीका घटना भएका छन् । ती घटनामा नियन्त्रणका लागि १५२ जना नेपाल प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, ४ जिल्लाका ५ स्थानमा वन डढेलो लागेको छ । त्यस्तै डुङ्गा दुर्घटनामा परी दुई जना बेपत्ता भएका छन् । लेक लागेर एक जनाको मृत्यु भएको छ । सर्पदंशका दुई घटनामा दुई जना घाइते भएका छन् भने जनावर आक्रमणका दुई घटनामा दुई जना घाइते भएका छन् ।

उद्धार तथा व्यवस्थापनका लागि देशभर १८० जना नेपाल प्रहरी परिचालन गरिएको छ । यस अवधिमा सडक अवरोधका कुनै पनि घटना नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सुक्खा मौसमसँगै आगलागी र डढेलोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ५९ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५