इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा « Khabarhub

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो । इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग ‘ऐतिहासिक सम्झौताका लागि’ यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ। उक्त लडाकु समूहले लेबनानको भूमिमा आक्रमण रोक्ने र इजरेली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ। नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, “यो निकै छिट्टै नै अन्त्य हुनुपर्छ।“

उनले यसबारे थप व्याख्या नगरी युद्ध राम्रोसँग अघि बढिरहेको बताउनुभयो । ट्रम्पले युद्धमा अमेरिकी सेनाको भूमिकाको पनि प्रशंसा गेका छन् । गत सप्ताहान्तमा अमेरिका र इरानबीच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो। यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्। ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको तर वार्ताको सम्भावना बढेको जनाएको छ ।

इरानका विदेश मन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन्, “लेबनानमा युद्धविरामको अनुरूप, अमेरिका–इरानबिचको युद्धविरामको बाँकी अवधिको लागि हर्मुज जलमार्ग भएर आवत जावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग पूर्ण रूपमा खुला गरिएको छ।”

उनले लेबनान र इजरायलबीच मध्यरातदेखि लागू भएको १० दिने युद्धविरामको कुरा गर्नुभएको हो वा अप्रिल ८ मा इरान र संयुक्त राज्य अमेरिकाबीच सुरु भएको दुई हप्ताको युद्धविरामको बारेमा कुरा गरेका हुन् भन्ने बारे भने उनको पोष्टबाट प्रष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ व्यवसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणाको स्वागत गरेका छन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “धन्यवाद, इरानले हर्मुजको साँघुरो जलमार्ग पूर्ण रूपमा खुला गरेको छ । यो सबै व्यवसायिक जहाजका लागि खुला भएको छ ।” मस्कोले शुक्रबार इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको समर्थन गरेको छ र १० दिने युद्धविरामले दीर्घकालीन सम्झौताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको भेटमा भने, “हामी युद्धविरामको निर्णयको स्वागत गर्दछौं र आशा गर्दछौं कि यी केही दिनहरूमा सैन्य भिडन्तहरू दोहोरिन नदिन सम्झौतामा पुग्न सम्भव हुनेछ।” युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ। फ्रान्स, बेलायत, भारत, चीन, अमेरिकालगायत विश्व शक्ति राष्ट्रका नेताहरूले पनि सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ८ : १२ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद