बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका « Khabarhub

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।

किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उनको भनाइ छ ।

बीउ बैंकमार्फत कोदो, फापर, जौ, चिनो, कागुनो, गहत, भटमास, सिमी, मकैलगायत विभिन्न रैथाने बालीका बीउ सङ्कलन गरी संरक्षण गरिएको कृषि शाखा प्रमुख दिपेन थापाले जानकारी दिए । उनका अनुसार हालसम्म षडानन्द क्षेत्रमा उत्पादन हुने २७ बालीका ११५ जात सङ्कलन गरिएको छ ।

‘बीउ बैंकमा स्थानीय रैथाने बालीको व्यवस्थित सङ्कलन गरेका छौँ’, उनले भने, ‘सङ्कलित बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै रैथाने बालीको विस्तारमा टेवा पुर्याइरहेका छौँ ।’

बीउ बैंकमार्फत किसानलाई बीउ छनोट, संरक्षण विधि तथा उत्पादन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिँदै आएको छ । यसले परम्परागत ज्ञान र अभ्यासलाई आधुनिक कृषि प्रविधिसँग जोड्न मद्दत पुगेको छ ।

नगरपालिकाका उपप्रमुख प्रमिला राईले रैथाने बालीको संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक सञ्चालनमा ल्याइएको बताइन् ।

‘स्थानीय बीउको अस्तित्व सङ्कटमा पर्न नदिन यो पहल प्रभावकारी बन्ने विश्वास लिएका छौँ’, उनले भनिन् । नगरपालिकाले आगामी दिनमा बीउ बैंकलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना बनाएको छ । साथै, रैथाने बालीको बजारीकरण, ब्रान्डिङ तथा मूल्य अभिवृद्धिमा जोड दिँदै किसानको आयस्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ७ : ३८ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार