छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू) « Khabarhub

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका छन्। सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई विकल्पविना हटाउन खोजेको भन्दै देशभरका सुकुम्वासीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरू भएको थियो । 

प्रदर्शनकारीहरूले राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म र्‍याली निकालेका थिए। पछि ट्राफिक चोकमा पुगेर विरोध सभा गरिएको थियो ।

प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका सुकुम्वासीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । 

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार सरकारले विकल्पविना गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने तथा विस्थापित गर्ने प्रयास गरेकाले विरोधमा उत्रिनुपरेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ५ : २२ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण