प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन « Khabarhub

प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका लागि केही नगर्नेहरू जनताको विश्वास प्राप्त गरेर आएको बताएका छन् । 

प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा उनले यति ठुलो जनविश्वास प्राप्त गरेर आएको सरकार प्रश्नहरूको घेराबाट घेरिन थाल्यो भने नागरिक निरासा झन् बढेर जाने बताए । 

उनले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसद्को उपेक्षा गरेको आरोपसमेत लगाए । महामन्त्री पौडेलले प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी समेत गरे । 

सरकारलाई समयमै सीमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने भन्दै लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उनले बताए ।

सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाइ थियो । कांग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने उनले जिकिर गरे ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ७ : १४ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण