लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ « Khabarhub

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अवैध लागुऔषधसहित झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्कीबाट गरी ११ जना पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोट बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै ५४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देवसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका-११ बाट अवैध लागुऔषध गाँजा करिब २७६ किलो शनिबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित झाँडीमा ११ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १० : ०५ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा