अर्थ समाचार : चामल, चिनी र तरकारीको मूल्य बढ्दा मारमा उपभोक्ता, सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता, भारत र बङ्गलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड आम्दानी र १९ अंकले घट्यो नेप्से « Khabarhub

अर्थ समाचार : चामल, चिनी र तरकारीको मूल्य बढ्दा मारमा उपभोक्ता, सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता, भारत र बङ्गलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड आम्दानी र १९ अंकले घट्यो नेप्से


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सामाजिक सुरक्षा कोषमा पुगे ३१ लाखभन्दा बढी योगदानकर्ता, १ खर्ब २३ अर्ब बढी रकम संकलन

सामाजिक सुरक्षा कोषमा ३१ लाख बढी योगदानकर्ता पुगेका छन् भने झण्डै सबा खर्ब रुपैयाँ योगदान रकम संकलन भएको छ ।

भदौ १ गतेसम्मको तथ्यांकअनुसार कुल ३१ लाख ८ हजार ७ सय ४० जना योगदानकर्ता सूचीकृत भएका छन् ।

यसमध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक क्षेत्रको रहेको छ, जहाँबाट २३ लाख ७१ हजार ७ सय १७ जना आवद्ध छन् ।

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति

सरकार-मिटरब्याज पीडित सहमतिविरुद्ध साहु-महाजन आन्दोलित

ऊर्जामन्त्रीको जवाफ- भारत र बङ्गलादेशमा बिजुली बेचेर २९ अर्ब ३२ करोड आम्दानी भयो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार गर्ने कार्य अघि बढाइएको जानकारी दिए ।

१९ अंकले घट्यो नेप्से, उत्पादन तथा प्रशोधन समूहमा गयो पहिरो

नाडा अटो शो ९ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

चामल, चिनी र तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार असार महिनामा चामल, अण्डा, केरा र चिनी लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मूल्यमा सामान्य वृद्धि भएको देखिएको छ ।

विभागले देशका प्रमुख ६ शहर- विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र काठमाडौँ उपत्यकाको बजार मूल्यलाई आधार मानेर तयार पारेको हो ।

असार महिनामा तरकारी र फलफूलको मूल्यमा मध्यमदेखि उच्च स्तरको उतारचढाव देखिएको छ ।

सिद्धार्थ क्यापिटलका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ लाई ८ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ लाई १० प्रतिफल

‘सरकारले जनताको करबाट घाटाका उद्योग चलाउने होइन, निजी क्षेत्रलाई सघाउने हो’

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७, पाल्पामा सञ्चालनमा

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ७ : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको