त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू) « Khabarhub

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू)


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ । कटानका कारण दर्जनौँ घर जोखिममा परेका छन् भने केही घर आंशिक रूपमा बगिसकेका छन् ।

त्रिशूली नदीले बस्ती नजिकैको जमिन तथा खेतबारी धमाधम कटान गर्न थालेपछि स्थानीयमा घरबार नै बग्ने त्रास बढेको छ। नदीको बहाव बढ्दै जाँदा बस्ती र खेतीयोग्य जमिनतर्फ कटान फैलिँदै गएको स्थानीयको भनाइ छ।

धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटधाम पुग्ने सडक आसपाससमेत नदी कटानको प्रभाव देखिएको छ। नदी किनारमा रहेका घर, खेतबारी तथा अन्य संरचना जोखिममा परेका छन्। कटान रोकथामका लागि तत्काल तटबन्ध तथा संरक्षणका काम गर्नुपर्ने स्थानीयको माग छ।

बाढीपछि नदीमा थुप्रिएको ढुंगा, बालुवा तथा माटोका कारण कतिपय स्थानमा नदीको धार परिवर्तनसमेत भएको छ। यसले कटानको जोखिम थप बढाएको स्थानीयको बुझाइ छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने तथा नदी नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउनुपर्ने मागसमेत उठेको छ ।

भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा भएको क्षतिको यकिन विवरण संकलन तथा जोखिमयुक्त बस्तीको पहिचान आवश्यक देखिएको छ । 

स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित निकायले नदी कटान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालीन तथा दीर्घकालीन सुरक्षाका उपाय अघि बढाउनुपर्ने अवस्था छ।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ०० बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११