‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’ « Khabarhub

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । 

संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण गराए ।

‘प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकारहरू अहिले पनि कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन । यसमा सङ्घीय सरकारले अधिकार हस्तान्तरणमा पहल गर्नुपर्ने आवश्यकता छ’, मुख्यमन्त्री आचार्यले भने । संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहले उपयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री आचार्यले भने, ‘संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ । संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा कार्यान्वयनमा आउँछ ।’ 

उनले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान दिने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गरे ।

प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । 

कार्यक्रममा मुख्यसचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए ।
 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : ३८ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती