पूर्वी नवलपरासी- रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।
अमलटारी स्थित नारायणी नदीको किनारमा बाह्र जनाको सामूहिक दाहसंस्कार गरिएको मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले बताए ।
रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाईड्रो पावरमा लामो समयदेखि काम गर्दै आएका उनीहरु भदौ १० को बाढीमा परी बेपत्ता भएका थिए ।
मध्यविन्दु नगरपालिका १ सेतापानीका तिन जना र मध्यविन्दु ५ बाघखोरका नौ जना सम्पर्क विहीन भएदेखि नै यहाँको गाउँ शोकमा डुबेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवाको बाढीमा परेर मध्यविन्दु १ सेतापनीका हेम बहादुुर चौधरी, हुसन बहादुर थारु, कालीराम महतो थारु, मध्यविन्दु ५ बाघखोरका जीवन वि.क., गंगाराम मुखिया,विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एवदेव महतो, नुमनारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु बेपत्ता भएका थिए ।
सम्पर्क विहीन भएदेखि नै खोजी कार्यका गर्दा पनि लामो समयसम्म केहि पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएका छन् ।
मध्यविन्दु नगरपालिकाले बेपत्ता नागरिकको खोजी कार्यमा लाग्दाको खर्च सहित काजक्रियाको लागि प्रत्येक परिवारलाई एक लाख रुपौलाका दरले राहत दिने निर्णय गरेको नगर प्रमुख अधिकारीले बताए ।
नेपाल फोटो लाइब्रेरी/धनु भुसाल




























प्रतिक्रिया