स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ « Khabarhub

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन् ।

काठमाडौं महानगरपालिका–२९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ७ : ४५ बजे

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई