चीनको अर्थतन्त्र सुस्त « Khabarhub

चीनको अर्थतन्त्र सुस्त


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेस्रो त्रैमासिकमा सरकारले लिएको लक्ष्यभन्दा चीनको अर्थतन्त्र सुस्त भएको अनुमान गरिएको छ। एएफपीले अर्थशास्त्रीहरूमाझ गरेको सर्वेक्षण अनुसार ऊर्जा सङ्कट, भू-राजनीतिक तनाव र ऋण सङ्कटले विश्वव्यापी मन्दीको त्रास बढाएको समयमा चिनियाँ अर्थतन्त्रको गति घटेको हो।

बेइजिङका नेताहरूले विगत केही वर्षदेखि सुस्त बनेको घरजग्गा क्षेत्रलाई उकास्न निरन्तर प्रयास गरे पनि उपभोक्ताको आत्मविश्वास खस्किँदा समग्र आर्थिक गतिविधि प्रभावित भएको छ। यस सङ्कुचनको समयमा कोभिड-१९ महामारी, व्यापार विवाद र विविध युद्धजस्ता ठूला विश्वव्यापी धक्काहरू पनि एकैसाथ आएका छन्।

सोमबार सार्वजनिक हुने आधिकारिक तथ्याङ्क अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र वार्षिक रूपमा ४.४ प्रतिशतले विस्तार भएको देखिने अनुमान छ। यो दोस्रो त्रैमासिकको ४.३ प्रतिशतभन्दा सामान्य सुधार भए पनि सरकारले यस वर्षका लागि तय गरेको ४.५ देखि ५ प्रतिशतको लक्ष्यभन्दा कम हो ।

जुन दशकौँयताकै सबैभन्दा तल्लो लक्ष्य हो। अक्सफोर्ड इकोनोमिक्सकी वरिष्ठ अर्थशास्त्री शिआना युएका अनुसार उपलब्ध तथ्याङ्कले चीनको अर्थतन्त्रले सो अवधिमा गति गुमाएको देखाउँछ। विशेषगरी आन्तरिक माग, उपभोग र घरजग्गा लगानी कमजोर रहनु मुख्य चुनौती बनेको छ, जसलाई थप पूर्वाधार खर्चले तुरुन्तै सुधार्न कठिन देखिन्छ।

यसैबीच बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठक भइरहेको छ, जहाँ अधिकारीहरू र विशेषज्ञहरू विश्वव्यापी आर्थिक मुद्दाहरूमा छलफल गरिरहेका छन्। आईएमएफले आफ्नो ‘वर्ल्ड इकोनोमिक आउटलुक’ मा सन् २०२६ को विश्वव्यापी आर्थिक वृद्धि दरको अनुमानमा सामान्य सुधार गरे पनि विभिन्न जोखिमहरूका कारण अर्थतन्त्र बाँडिएको चेतावनी दिएको छ।

आर्टिफिसियल इन्टेलिजेन्सको विस्तारले नयाँ आर्थिक गतिविधि बढाए पनि इरान युद्धका कारण बढेको ऊर्जा मूल्य र चुलिँदो सरकारी ऋणले विश्वव्यापी वृद्धिका लागि जोखिम सिर्जना गरेको रिपोर्टमा उल्लेख छ। चीनको हकमा कच्चा तेलको उच्च मूल्य र संरचनात्मक अन्यौलका कारण आईएमएफले उसको वार्षिक आर्थिक वृद्धिको अनुमानलाई घटाएर ४.५ प्रतिशतमा झारेको छ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ४ : ४२ बजे

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै