आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर « Khabarhub

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको उम्मेदवारीलाई लिएर चर्को आलोचना भएपछि सच्याउन थालेका छन् ।

उनले सुदूरपश्चिमका दुईवटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सच्याएएका हुन् । शनिबारको सचिवालय बैठकमा ओलीले एकलौटी गरेको निर्णयमा कार्यकर्ताहरूले आपत्ति र विरोध जनाएपछि उम्मेदवार फेरिएको हो ।

एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ को निर्वाचनमा २०७९ सालमा विजयी तारा लामा तामाङलाई नै टिकट दिने भएको छ । यसअघि शनिबार केन्द्रीय सदस्य कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

तर बोहोराको उम्मेदवारीलाई लिएर स्थानीय एमालेबृत्तमा चर्को आलोचना भएको थियो । त्यसपछि आफ्नो गुटबाहिरका भए पनि ओलीले निवर्तमान प्रतिनिधिसभा सदस्य तामाङलाई नै टिकट दिन लागेका हुन् ।

यस क्षेत्रबाट यस पटक पनि पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगरले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट प्रतिस्पर्धा गर्दैछिन् । २०७९ मा बीनालाई ताराले नै हराएका थिए ।

एमालेले बझाङमा पनि युवा नेता ऐन महरलाई उम्मेदवार बनाउने भएको छ । अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय सच्याउँदै एमालेले महरलाई उम्मेदवार बनाउने भएको हो । तर त्यहाँ एक मात्रै दलित उम्मेदवार ओखेडाले निराश हुनुपरेको छ।

महर २०७९ को चुनावमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग थोरै मतान्तरले पराजित हुन पुगेका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ४९ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य