सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने « Khabarhub

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकले यही माघ २ गते गरेका निर्णय आज सार्वजनिक गर्दै विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त रकम स्वीकार्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रो जियोलोजी उपसमूह, राजपत्रांकित प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्ङ्कोलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको मन्त्री खरेलले बताए  ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत सुपरिन्टेन्डिङ इन्जिनियर सुशीलचन्द्र देवकोटाले पेस गर्नुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ ।

बैठकले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गर्नुका साथै उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए  ।

सरकारले नेपाली सेनाका एक जना सहायक रथीको सरुवा गर्ने र एक जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको गरेको छ । साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा मोहम्मद सफिउल्लाहलाई मनोनयन गर्ने निर्णयसमेत गरिएको छ ।

आगामी फागुन १२ मा जापानको टोकियोमा आयोजना हुने नेपाल–जापान रोजगार सम्मेलनको दोस्रो संस्करणमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

आगमी फागुन ४ देखि ७ गतेसम्म भूटानको थिम्पुमा सञ्चालन हुने दोस्रो पर्वतीय सम्बन्ध अन्तरक्षेत्रीय कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको मन्त्री खरेलले जानकारी दिए ।  

यसैगरी आगामी फागुन १२ देखि १५ गतेसम्म थाइल्यान्डमा आयोजना हुने दिगो विकासका लागि १३औँ एसिया प्यासिफिक मञ्चमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । रासस

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ०० बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको