पाकिस्तानमा अफगान शरणार्थी पक्राउ पर्ने क्रम तीव्र « Khabarhub

पाकिस्तानमा अफगान शरणार्थी पक्राउ पर्ने क्रम तीव्र


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी प्रहरीले अफगान शरणार्थीलाई पक्राउ गर्ने अभियान तीव्र बनाएको छ । मुख्यगरी राजधानी इस्लामावाद शहरमा धमाधम अफगान शरणार्थी पक्राउ पर्ने क्रम चलिरहेको छ ।

उनीहरुलाई पक्राउ गरी अस्थायी शिविरमा लैजाने गरिएको खामा प्रेसले जनाएको छ । यसरी पक्राउ परेका अफगान शरणार्थीमध्ये एक जना अफगान पत्रकार पनि रहेका छन् ।

उनीहरुलाई अफगानिस्तान पठाइनेछ । समाचारमा जनाइए अनुसार इस्लामावादको बी १७ क्षेत्रबाट पक्राउ परेका शणार्थीलाई हाजी शिविर लगिएको छ ।

अधिकारकर्मीहरुले प्रहरीको यस्तो गतिविधिले शरणार्थीका परिवारमा दबाब र मानसिक चिन्ता पैदा गरेको छ । वर्षौँदेखि कुनै कानुनी संरक्षणबिना पाकिस्तानमा बसोबास गरिरहेका अफगान शरणार्थी पाकिस्तानी प्रहरीको निशानामा परेका छन् ।

पाकिस्तानले दशकौँदेखि दशौँ लाख अफगान शरणार्थीलाई शरण दिँदै आएको छ । यद्यपि पछिल्ला केही वर्षयता पाकिस्तान सरकारले अफगान शरणार्थीलाई पक्राउ गरी देश निकाला गर्ने क्रमलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : १५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको