भोजपुरमा सेना सवार बस दुर्घटना हुँदा २४ घाइते, गम्भीर आठ जनालाई काठमाडौं लगियो « Khabarhub

भोजपुरमा सेना सवार बस दुर्घटना हुँदा २४ घाइते, गम्भीर आठ जनालाई काठमाडौं लगियो


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ ।

सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २६ जना सेना सवार बस भोजपुर नगरपालिका-३ को सेती बगरनजिक सडकबाट ५ मिटर तल खसेको हो ।

ना ४ ख ७३१७ नम्बरको उक्त यात्रु बस सेतीबगरनजिक मोडबाट ५०० मिटर तल खस्दा २४ जना घाइते भएका छन् । बसमा सवार एकजना जमदार र सहयोगीलाई कुनै चोटपटक लागेको छैन ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा सामान्य घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका २४ मध्ये आठजनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

उनका अनुसार बस घुम्तीबाट तल खसेको थियो । टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेना सवार बस दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ७ : २८ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी