सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा « Khabarhub

सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कास्की– आयोजक सहारा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा छ पटकका च्याम्पियन टोली मनाङ मर्स्याङदी क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै सहारा फाइनलमा पुगेको हो ।

खेलको नियमित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पाँच-पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो । 

मनाङका कप्तान सविन श्रेष्ठको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा नौ वर्षपछि आहा राराको फाइनलमा पुग्न सफल भएको हो । ट्राइब्रेकरमा सहाराका कप्तान सुशील लामा, विक्की चामलिङ राई, आशिष गुरुङ, मुकुन्दकुमार न्यूरे, शिसश थापा, विनय तामाङ र प्रशन्न श्रेष्ठले गोल गरे ।

यसैगरी मनाङका अशिष श्रेष्ठ, गिदोन नोआ क्यारेमेह, रोनिश राजवक, दीपेश गुरुङ, ज्ञानबहादुर पुलामी र नवराज गुरुङले गोल गरे । सहारा अन्तिम पटक विसं २०७३ मा फाइनल पुगेको थियो । त्यसबेला फाइनलमा मनाङसँगै सहारा पराजित भएको थियो । त्यसयता सहारा फाइनल पुग्न सकेको थिएन । 

प्रतियोगिताको दोस्रो सेमिफाइनलको खेलमा बिहीबार जावलाखेल युथ क्लब र पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लबकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ । 

गत माघ २७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यही फागुन ९ गते शनिबार हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने र अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउने छन् । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ८ : ०२ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट