भारतमा आयोजित एआई सम्मेलनमा ‘ग्लोबल साउथ’ सहकार्यको चर्चा « Khabarhub

भारतमा आयोजित एआई सम्मेलनमा ‘ग्लोबल साउथ’ सहकार्यको चर्चा


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको नयाँ दिल्लीमा आयोजित एआई इम्प्याक्ट सम्मेलनमा दक्षिण एसिया, अफ्रिका र दक्षिणपूर्वी एसियाका नीति निर्माता तथा प्रविधि विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा आपसी सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन् । आर्थिक र सामाजिक विकासका लागि एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे छलफल गर्न ‘ग्लोबल साउथ’ मुलुकका प्रतिनिधिहरू भारतमा भेला भएका हुन् ।

सम्मेलनमा सहभागी इन्डोनेसियाको सूचना तथा सञ्चार मन्त्रालयकी प्रतिनिधि कौत्सरिना आदमले एआईमार्फत अर्थतन्त्र सुधार गर्न र शिक्षामा दक्ष जनशक्ति तयार पार्न यो सम्मेलन महत्त्वपूर्ण रहेको बताइन् । उनले भारतको डाटा सेट र कानुनी ढाँचाबाट इन्डोनेसियाले लाभ लिन सक्ने उल्लेख गरिन् ।

युगान्डाकी वरिष्ठ इन्जिनियर आइरिन कारुङ्गी सेकिटोलेकोले आफ्नो देशमा एआई भर्खरै सुरुवाती चरणमा रहेको बताउँदै भारतले कसरी स्थानीय समस्या समाधान गर्न एआई प्रयोग गरिरहेको छ भन्ने कुरा सिक्न चाहेको बताइन् । उनले आफ्नो मुलुकमा पूर्वाधारको कमी रहेकाले कम्प्युटिङ पावर र प्रविधिमा साझेदारीका लागि हामी भारतसँग मिलेर काम गर्न चाहेको बताइन् ।

घानाको डाटा सुरक्षा आयोगका म्याक्सवेल अबाबियोले आफ्नो मुलुकले आफ्नै राष्ट्रिय एआई रणनीति बनाइरहेको जानकारी दिए । उनले प्रविधिको क्षेत्रमा भारतले गरिरहेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा थप गहिरो सहकार्य हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ५ : ५७ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल