बलोच आमाको गुहार- ‘पाकिस्तानी फौजले दुई छोरा बेपत्ता पारे, रिहा गरिदिनुपर्‍यो’ « Khabarhub

बलोच आमाको गुहार- ‘पाकिस्तानी फौजले दुई छोरा बेपत्ता पारे, रिहा गरिदिनुपर्‍यो’


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी सुरक्षा बलले आफ्ना दुई जना छोरालाई बेपत्ता पारेको भन्दै बलोचिस्तानकी महिलाले उनीहरुलाई तत्काल रिहा गरिदिन आग्रह गरेकी छिन् । बलोचिस्तानको राजधानी क्वेट्टामा बसोबास गर्ने ती महिलाले रातिको समयमा सुरक्षाकर्मीले आफ्नो घरमा छापा मारी दुई छोरालाई बेपत्ता पारेको जनाएकी हुन् ।

बलोचिस्तान पोस्टका अनुुसार बीबी शाहिदाले आफ्ना छोराहरु १७ वर्षीय तनवीर अहमद र १५ वर्षका बशीर अहमदलाई बेपत्ता पारिएको बताएकी हुन् । उनीहरुलाई हिरासतमा लिएको जानकारी दिइएपनि उनीहरुको अवस्था अज्ञात रहेको उनको भनाइ छ ।

उनका अनुसार क्वेट्टाको शरिब भन्सार क्षेत्रस्थित किली बङ्गुलजाईमा रहेको आफ्नो घरमा सुरक्षाकर्मीले राति एक बजे छापा मारेका थिए । सोही क्रममा उनका दुई छोरालाई नियन्त्रणमा लिइएको थियो ।

सुरक्षाकर्मीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएकाले चाँडै छोराहरुलाई छाडिदिने आश्वासन दिएका थिए । यद्यपि लामो समय बितिसक्दा पनि उनीहरुको अवस्था अज्ञात रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : २० बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल