म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना « Khabarhub

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरे ।

त्यस अवसरमा उनले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गरे ।

मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीका अनुसार एकाइबाट एक सय ३० परिवार लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दाले रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौर पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता अन्त्य भएको छ ।

यसअघि गाउँपालिकाले बुकेनी, हिदी र धारामा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : २९ बजे

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा