इरानमा युद्ध : किन बढेन सुनको भाउ ? « Khabarhub

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

विश्व अर्थतन्त्रमा अनिश्चितता: तेलको मूल्य आकासिँदा सुन स्थिर


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि सुरक्षित लगानी मानिने सुनको मूल्यमा भने अप्रत्याशित रूपमा स्थिरता देखिएको छ ।

गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रिय तनाव बढ्दो छ । यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता सर्वत्र छ । फागुन १८ मा इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का कमान्डर-इन-चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जबारीले विश्वको २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने ‘स्ट्रेट अफ हर्मोज’ बन्द गरिएको घोषणा गरेका थिए । उक्त कदमपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

पछिल्लो दुई हप्तामा इरान युद्धका कारण सेयर बजारमा गिरावट आए पनि सुनको मूल्य भने स्थिर छ ।

कति छ सुनको मूल्य ?
पछिल्ला दिनहरूमा सुनको मूल्य प्रतिऔंस ५ हजार डलरको आसपासमा स्थिर छ । मंगलबार जीएमटी स्पट गोल्डको मूल्य प्रतिऔंस ५,००१.३६ डलरमा कारोबार भयो, जुन अघिल्लो मूल्यको तुलनामा सामान्य मात्र हो । त्यस्तै, अप्रिल डेलिभरीका लागि अमेरिकी सुनको मूल्य पनि ०.१ प्रतिशतले मात्र बढेर ५,००५.२० डलर पुगेको छ ।

सामान्यतया आर्थिक संकट वा विश्वव्यापी युद्धका बेला लगानीकर्ताहरूले आफ्नो नगद सुरक्षित गर्न सुन किन्ने गर्छन्, जसका कारण मूल्य ह्वात्तै बढ्ने गर्छ ।

उदाहरणका लागि, रुसले युक्रेनमा पूर्ण रूपमा आक्रमण गर्दा सुनको मूल्य आकासिएको थियो । पेरिसस्थित ‘फ्रेन्च इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड स्ट्राटेजिक अफेयर्स’ का अर्थशास्त्री रेमी बोर्जोटका अनुसार त्यसबेला रुसमाथि लगाइएको प्रतिबन्धले केन्द्रीय बैंकमा ‘त्रासको लहर’ सिर्जना गरेको थियो । जसका कारण चीनजस्ता देशले अमेरिकी डलरमाथिको निर्भरता घटाउन ठुलो मात्रामा सुन खरिद गरेका थिए ।

किन बढेन मूल्य ?
बढ्दो मुद्रास्फीतिका कारण अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले ब्याजदर कटौती रोक्ने वा उल्टै बढाउन सक्ने अनुमान लगानीकर्ताले गरेका छन् । प्रोग्रेसिभ इकोनोमी फोरमका सदस्य जेम्स मिडवे भन्छन्, “ब्याजदर बढ्ने सम्भावनाले डलरमा आधारित सम्पत्तिहरू आकर्षक बन्छन् । सुनमा कुनै ब्याज पाइँदैन, त्यसैले डलर बलियो हुँदा सुनको आकर्षण कम हुन्छ ।”

सुनको मूल्य स्थिर रहनुको अर्को कारण यस वर्षको सुरुवातदेखि नै यसले राम्रो प्रदर्शन गरिरहनु पनि हो । मिडवेका अनुसार सुनको मूल्य पहिले नै निकै बढिसकेकाले अहिले युद्धप्रति यसको प्रतिक्रिया कम देखिएको हो ।

थिङ्क ट्याङ्क ‘ब्रुगेल’ की सिनियर फेलो रेबेका क्रिस्टी पनि यसमा सहमत छिन् । उनका अनुसार डलर बलियो हुनु र सुनको कारोबार डलरमै हुने हुनाले पनि मूल्य माथि जान कठिन भएको हो । “बलियो डलर आफैँमा सुरक्षित विकल्प बनिदिन्छ, जसले गर्दा लगानीकर्ताहरू सुनभन्दा डलरतर्फ आकर्षित भएका हुन्,” उनले भनिन् । अलजजिराबाट अनुदित

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : ५५ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न