राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने « Khabarhub

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व आफ्नो पार्टीबाट प्रतिनिधिसभामा हुन नसकेकोमा माफी मागेका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा बोल्दै उनले यसपटक उक्त समुदायलाई संसद्‍मा पुर्‍याउन नसकिएको स्वीकार गर्दै आगामी दिनमा समावेशितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए। उनले पार्टीले समावेशी संरचना बनाउन प्रयास गरे पनि अझै पर्याप्त नभएको उल्लेख गरे।

‘हामीले चाहेर पनि धेरै साथीहरूलाई समेट्न सकेनौँ। महिला प्रतिनिधित्व बढाउने प्रयास गरेका छौं, तर, त्यो मात्र पर्याप्त होइन,’ उनले भने, ‘दुःखका साथ भन्छु, राई–लिम्बु समुदायको प्रतिनिधित्व यसपालि हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र आगामी दिनमा यसलाई सुधार गर्नेछौँ।’

लामिछानेले समावेशिता लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसलाई पार्टीको प्राथमिक एजेन्डा बनाउने बताए।

त्यस्तै, उनले विकासका नाममा क्षेत्रीय असन्तुलन हुन नहुने भन्दै मन्त्री हुँदा आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेर कर्णाली, मधेश र सुदूरपश्चिमलाई पछि पार्ने प्रवृत्तिको आलोचना गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट आदिवासी जनजाति कोटामा इलामका मिलन लिम्बु समानुपातिक सूचीमा परेका थिए। तर, उनीमाथि उठेका प्रश्नका कारण नाम फिर्ता लिइएको थियो।

राई–लिम्बु समुदायको बाक्लो बसोबास रहेको कोशी प्रदेशमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको प्रभावका कारण पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : ०४ बजे

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको