डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन « Khabarhub

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।

“सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,” उनले भने, “गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ ।”

पाँच गुणाले घट्यो सङ्क्रमण

महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा डेङ्गु सङ्क्रमण घटेको छ । सन् २०२४ मा ४१ हजार ८६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो भने सन् २०२५ मा त्यसको करिब पाँच गुणा कम आठ हजार ५७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

शाखा प्रमुख डा दाहालले सरकारको डेङ्गु सङ्क्रमणविरुद्ध सञ्चालन गरेको अभियानले गर्दा घटेको बताए । “डेङ्गु सङ्क्रमण फैलिन नदिनका लागि डेङ्गु सार्ने लामखु्ट्टेको लार्भा नष्ट गर्ने अभियानमा सबैका सहयोगभयो”, उनले भने, “जसले गर्दा डेङ्गु सङ्क्रमण सार्ने लामखुट्टे फैलिन पाएन र डङ्गु सङ्क्रमण कम भयो ।”

सरकारले प्रत्येक शुक्रबार सरकारी कार्यालयमा डेङ्गु सङ्क्रमण सार्ने लार्भा खोज र नष्ट गरे अभियान सञ्चालन गरेको थियो । शाखाका प्रमुख डा दाहालले समुदायको पहलमा नै डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिएको बताए । उनले प्रत्येक वर्ष डेङ्गु सङ्क्रमण कम हुँदै गएको बताए।

उनका अनुसार सन् २०२३ मा ५२ हजार ७९० जना, सन् २०२२ मा ५४ हजार ७८४ जनामा डङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै गत असारदेखि भदौसम्म एक हजार युवा परिचालन गरेर डङ्गु सार्ने लामखुट्टे नियन्त्रण र जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

यसवर्ष पनि गर्मीयाम सुरुसँगै डङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गु रोग लाग्दछ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ९ : १४ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन