ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो « Khabarhub

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

मड्रिड – गत बर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुरस्कार उपहार दिएकोमा आफूलाई कुनै पछुतो नभएको बताएकी छन् ।

उनले भनिन्, ‘भेनेजुयलाको स्वतन्त्रताका लागि आफ्नो देशको ज्यान जोखिममा पार्ने विश्वमा एक नेता र राष्ट्रप्रमुख हुनुहुन्छ। भेनेजुयलामा प्रजातन्त्र स्थापनाका लागि उहाँको प्रतिवद्धताका लागि आफूलाई प्राप्त पुरस्कार उपहार दिएकोेमा मलाई पश्चाताप हुने कुनै कुरा नै छैन ।’

माचाडोले भनिन्, ‘अमेरिकी लागूपदार्थको आरोपमा न्यूयोर्कमा हिरासतमा रहेका मदुरोलाई पदच्युत गर्न गरेको ट्रम्पको सैन्य अभियान ‘हामी भेनेजुएलीहरूले कहिल्यै बिर्सने छैनौँ’।त्यसैले ट्रम्पलाई नोबेल पदक उपहार दिएकोमा मलाई कुनै पछुतो छैन ।’

मचाडोले अमेरिकी सेनालाई काराकासमा आक्रमण गर्न र भेनेजुएलाका नेता निकोलस मदुरोलाई पदच्युत गर्न आदेश दिएको दुई हप्तापछि ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँगको भेटमा उनले आफूलाई प्राप्त भएको नोबेल पुरस्कारको उपाधि अमेरिकी राष्ट्रपतिलाई प्रदान गरेको घोषणा गरेकी थिइन् ।

यद्यपि, नोबेल शान्ति पुरस्कार चयन समितिले नोबेल पुरस्कारको उपाधि पुरस्कृत व्यक्तिबाहेक अर्कोलाई दिने प्रावधान नभएको बताएको थियो । माचाडोले सन् २०२५ को नोबेल पदक ट्रम्पलाई उपहार दिएपछि शान्ति पुरस्कार प्रदान गर्ने नर्वेली नोबेल समितिले भनेको थियो, ‘यसले प्रदान गर्ने वास्तविक सम्मान ‘खारेज गर्न वा बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिदैन ।’

लामो समयदेखि नोबेल शान्ति पुरस्कारको लागि आकाङ्क्षा देखाएका ट्रम्पले फेब्रुअरीको अन्त्यमा इजरायलसँगको संयुक्त अगुवाईमा इरानमाथि हवाई आक्रमण गरेका कारण मध्यपूर्व युद्धमा आलोचित भएका हुन् ।

ओस्लोमा नोबेल पुरस्कार लिन गत डिसेम्बरमा भेनेजुएला छाड्नुअघि लुकेर बसेकी माचाडोले वासिङ्टनसँगको समन्वयमा स्वदेश फर्कने योजना बनाएरहेकी छन् । ‘म अमेरिकी सरकारसँग कुरा गरिरहेकी छु र हामी आपसी सम्मान र समझदारीका साथ समन्वयमा काम गरिरहेका छौँ,’ उनले भनिन् ।

उनले भेनेजुएलामा ‘लोकतान्त्रिक सङ्क्रमणलाई अगाडि बढाउनका लागि वासिङ्टन’ महत्वपूर्ण रहेको बताइन्।
भेनेजुएलाका विपक्षीहरूले गत हप्ता राष्ट्रपतीय निर्वाचनको आह्वान गरेका थिए। भविष्यमा हुने निर्वाचनमा भाग लिने कि नलिने भन्ने कुरा नबताएकी मचाडोलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ८ : १८ बजे

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

ओटावा- क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि

नेपाल डब्लूएचओको उपाध्यक्षमा निर्वाचित 

काठमाडौं– नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपाध्यक्षमा निर्वाचित भएको

संसद्‍मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं– आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले