होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’ « Khabarhub

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि गोलीबारी भएको घटना सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईका अनुसार इरानको रिभोल्युसनरी गार्डका दुई गनबोट ती ट्यांकर नजिक पुगेका थिए र कुनै रेडियो चेतावनीबिना नै फायरिङ सुरु गरेका थिए ।

गोलीबारी भएपछि दुवै भारतीय जहाज होर्मुज पार नगरी फर्किएका छन् । ती जहाज र त्यसमा रहेका सबै चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ। घटनामा संलग्न एक जहाजले करिब २० लाख ब्यारेल इराकी तेल बोकेको बताइएको छ।

घटनापछि भारत सरकारले कडा प्रतिक्रिया जनाएको छ । भारतको परराष्ट्र मन्त्रालयले नयाँदिल्लीस्थित इरानका राजदूत डा. मोहम्मद फथअलीलाई बोलाएर औपचारिक विरोध जनाएको छ। भारतले अन्तर्राष्ट्रिय जलमार्गमा यस प्रकारको आक्रमण अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

यसअघि इरानले होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको थियो। अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले होर्मुज बन्द गर्ने घोषणा गरेका थियो । तर, केही घण्टामै इरानले आफ्नो निर्णय परिवर्तन गरेको जनाइएको छ। यो घटनाले क्षेत्रीय तनाव थप चर्काउने संकेत देखिएको छ र अन्तर्राष्ट्रिय समुदायको ध्यान पुनः मध्यपूर्वतर्फ केन्द्रित भएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ८ : ३७ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान