युद्धका कारण पाकिस्तानको सबैभन्दा ठूलो खनिज परियोजना अन्यौलमा « Khabarhub

युद्धका कारण पाकिस्तानको सबैभन्दा ठूलो खनिज परियोजना अन्यौलमा


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानेडियन खनिज विकासकर्ता कम्पनी ब्यारिक माइनिङले पाकिस्तानको सबैभन्दा ठूलो तामा-सुन खानी परियोजनालाई एक वर्ष पछाडि धकेल्ने निर्णय गरेको छ । दक्षिण-पश्चिमी बलुचिस्तान प्रान्तमा बढ्दो सुरक्षा जोखिम र इरान-अमेरिकाबीच जारी युद्धका कारण यो ढिलाइ भएको हो । कम्पनीले सुरक्षा अवस्थाको थप समीक्षा गर्न जुलाईदेखि लागू हुने गरी १२ महिनाको समय थप गरेको छ। यस अवधिमा परियोजनाको काम सुस्त गतिमा मात्र अघि बढ्नेछ ।

रेको डिक क्षेत्रमा रहेको यो परियोजनामा ब्यारिकको ५० प्रतिशत लगानी छ । बाँकी लगानीमा पाकिस्तानको संघीय र बलुचिस्तान सरकारको बराबर हिस्सा छ । यस परियोजनाले ३७ वर्षमा ७० अर्ब डलरभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको थियो। तर, पछिल्लो समय अमेरिका र इरानबीचको तनावले हर्मोज जलडमरू बन्द हुँदा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ । डिजेलको उच्च मूल्य र बिजुलीको अभावले खानी सञ्चालन खर्च निकै बढ्ने देखिएको छ ।

विशेषज्ञहरूका अनुसार बलुचिस्तानमा सक्रिय विद्रोही समूहहरूको आक्रमण अर्को मुख्य चुनौती हो । गत जनवरीमा विद्रोहीहरूले गरेका शृङ्खलाबद्ध आक्रमणमा २०० भन्दा बढीको ज्यान गएको थियो । विद्रोहीहरूले विदेशी लगानीकर्तालाई लक्षित गरी सरकारलाई कमजोर बनाउने रणनीति लिएका छन् । यद्यपि, पाकिस्तानी सुरक्षा अधिकारीहरूले भने विद्रोहीको समस्या नियन्त्रणमा रहेको र यो दीर्घकालीन खतरा नभएको दाबी गरेका छन् ।

यो ढिलाइले पाकिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने देखिएको छ । जापान बैंक फर इन्टरनेशनल कोअपरेसन र अमेरिकी एक्जिम बैंकले यस परियोजनामा ठूलो लगानी गर्ने प्रतिबद्धता जनाएका थिए। विशेषज्ञहरूले सुरक्षा अवस्था नसुध्रिएमा यसले भविष्यमा आउने विदेशी लगानीलाई समेत निरुत्साहित गर्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ०५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी