ग्यासको अभाव भएपछि लोडसेडिङको मारमा पाकिस्तान « Khabarhub

ग्यासको अभाव भएपछि लोडसेडिङको मारमा पाकिस्तान


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा मध्यपूर्वको युद्धका कारण तरल प्राकृतिक ग्यासको अभाव भएपछि विद्युत कटौती (लोडसेडिङ) को समस्या चुलिएको छ। गर्मीको उच्च मागका बेला इन्धन आपूर्तिमा अवरोध आउँदा पाकिस्तानको विद्युत संकट थप गहिरिएको हो ।

पाकिस्तानी ऊर्जा मन्त्रालयका अनुसार बुधबार साँझ विद्युतको माग र आपूर्तिबीचको खाडल ४,५०० मेगावाट पुगेको छ । यो कूल मागको करिब एक चौथाइ हिस्सा हो । लोडसेडिङका कारण सर्वसाधारण मात्र नभई उद्योगधन्दा पनि नराम्ररी प्रभावित भएका छन्।

उद्योगीहरूले हाल दैनिक आठ घण्टासम्म लोडसेडिङ खेप्नु परेको बताएका छन्, जसले निर्यात र स्थानीय उत्पादनमा ठूलो धक्का पुर्‍याएको छ। पाकिस्तानले आफ्नो पावर सेक्टरका लागि आवश्यक पर्ने लगभग सबै ग्यास कतारबाट आयात गर्ने गर्दछ।

अहिले अभाव टार्न खुला बजारबाट ग्यास किन्ने सोच बनाए पनि चर्को मूल्य मुख्य बाधा बनेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ४५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी