श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध « Khabarhub

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ ।

आजको बैठक सुरु हुनासाथ पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै पर्चा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले देखाएको प्ले कार्डमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको थियो । यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो ।

श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि सभामुख डीपी अर्यालले विरोधका आफ्नै शैली हुने भन्दै सदनको मर्यादाबाहिर गएर विरोध गर्ने काम बन्द गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ११ : ३४ बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण