विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका « Khabarhub

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

तेहरान- पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र इरानविरुद्ध सैन्य कारबाही फेरि सुरु गर्न सक्ने आशंका गरिएको छ।

दोहा इन्स्टिच्युट अफ ग्रेजुएट स्टडीजका प्रोफेसर मोहम्मद एलमसरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इजरायल र आफ्नै प्रशासनका कठोर रवैया भएका नेताहरूको दबाब बढिरहेको बताएका छन् ।

अल जजिरासँगको कुराकानीमा एलमसरीले भने ‘ट्रम्प धेरै विभिन्न व्यक्तिहरूको प्रभावमा छन्, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी प्रशासनका ‘हकिश’ अधिकारीहरू समेत छन्।

यही कारणले आगामी २४ देखि ४८ घण्टाभित्र अमेरिकाबाट नयाँ सैन्य कारबाही हुने सम्भावना कायमै रहेको उनले बताए ।

एलमसरीले ट्रम्पलाई इरान र वार्ता प्रक्रिया दुवैबाट धेरै अपेक्षा रहे पनि निराश हुनुपरेको छ। उनले हालैको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङसँगको बैठकमा पनि ट्रम्पले राम्रो रणनीतिक नतिजाको आशा गरेको बताए।

विश्लेषकका अनुसार, हालको द्वन्द्व अमेरिका र ट्रम्प प्रशासनका लागि राजनीतिक तथा आर्थिक रूपमा घाटेमुखी साबित भएको छ। उनले ट्रम्पका लागि अहिले युद्ध समाप्त गर्नु नै बुद्धिमानीपूर्ण कदम हुन सक्ने पनि बताए।

तर एलमसरी ट्रम्पका लागि अब सिधै पछि हट्न सजिलो नरहेको बताए । उनी अमेरिकी जनतासामु स्पष्ट जितबिना युद्ध समाप्त गरेको दाबी गर्न सक्ने अवस्थामा नरहेको पनि उनको बुझाइ छ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ५ : ३४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले