कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा « Khabarhub

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कास्कीले स्याङ्जालाई र नवलपुरले तनहुँलाई पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।

कास्कीले सात विकेटले स्याङ्जालाई पराजित गरेको थियो । मौसमका कारण पाँच ओभरमा खेलाइएको खेलमा कास्कीले पाँच विकेट गुमाएर ४३ रन जोडेको थियो ।

कास्कीका शिवरिन श्रेष्ठले सर्वाधिक २२ रन बनाए । जवाफी ब्याटिङ गरेको स्याङ्जाले निर्धारित ओभरमा ३६ रन मात्र बनायो । यसैगरी नवलपुरले तनहुँमाथि १०२ रनको फराकिलो अन्तरले जित निकाल्न सफल भयो ।

नवलपुरले टस जितेर व्याटिङ रोज्दै २० ओभरमा सात विकेट गुमाउँदै १८८ रन जोडेको थियो । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल नवलपुरका रिजन काफ्लेले ४७ बलमा ७३ रन जोड्दै जितको आधार बनाएका थिए । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँले १४ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै जम्मा ८६ रन मात्र बनायो ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही जेठ १ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको ‘समूह ए’ मा कास्की, स्याङ्जा, बाग्लुङ र लमजुङ तथा ‘समूह बि’ मा नवलपुर, पर्वत, तनहुँ र म्याग्दी गरी आठ जिल्लाले सहभागिता जनाएका प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ९ : १८ बजे

शशांकले भने- पार्टी टुक्रिने सम्भावना छ, १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा हुन्छ

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं– शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका

बाढीपीडित नेपाललाई श्रीलङ्काको १० लाख डलर सहयोग

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।