रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल « Khabarhub

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली राजदूत पदमा नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्राप्त भएका सिफारिस तथा आवेदनमाथि मन्त्रालयस्तरमा छलफल भइरहेको र निश्चित प्रक्रियामार्फत छिट्टै राजदूत नियुक्ति टुङ्ग्याइने जानकारी दिए।

मन्त्री खनालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालले छिमेकी तथा अन्य मित्रराष्ट्रसँगको द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दाबी गरे। लामो समयदेखि निष्क्रिय रहेका विभिन्न कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएर प्रभावकारी रूपमा काम अघि बढाइएको उनको भनाइ छ ।

मन्त्री खनालले नेपालका कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउन सरकार केन्द्रित रहेको बताए। यस्तै, वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विदेशमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या समाधानका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको उनले बताए।

परराष्ट्र मन्त्रालयको स्रोत, साधन र क्षमताले भ्याएसम्म विदेशमा रहेका नेपाली नागरिकका समस्या समाधान तथा आवश्यक सहजीकरणका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री खनालको भनाइ छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : १८ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला