रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर « Khabarhub

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि आर्थिक दबाब बढाउने उद्देश्यले ल्याइएको नयाँ प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन् । कङ्ग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानुनले रुसको ऊर्जा तथा रक्षा क्षेत्र, रुसी अधिकारी र मस्कोको प्रतिबन्ध छल्न प्रयोग हुने ‘छाया फ्लीट’का पानीजहाजलाई लक्षित गरेको छ ।

यसले रुसी तेल तथा ग्यासका प्रमुख विदेशी खरिदकर्तामाथि शत प्रतिशतसम्मको भन्सार महसुल लगाउने अधिकारसमेत राष्ट्रपतिलाई दिएको छ । कानुनले रुसको तेल तथा ग्यास खरिद जारी राख्ने निश्चित विदेशी मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त महसुल लगाउन सकिने व्यवस्था गरेको छ । भारत र चीनजस्ता रुसका प्रमुख ऊर्जा खरिदकर्ता यस व्यवस्थाको दायरामा पर्न सक्नेछन् ।

यद्यपि सत प्रतिशतको भन्सार महसुल तत्काल स्वतः लागू हुने नभई निश्चित कानुनी सर्त पूरा भएपछि प्रशासनले त्यस्तो कदम चाल्न सक्ने व्यवस्था गरिएको छ । रिपब्लिकन नेतृत्वको प्रतिनिधिसभाले बुधबार २६२–१५९ मतले विधेयक पारित गरेको थियो । यसअघि सिनेटले ८६–११ मतले विधेयक अनुमोदन गरेको थियो ।

कानुनले रुसी सेनालाई सहयोग गर्ने विदेशी कम्पनी तथा अन्य पक्षमाथि पनि प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ । साथै, इरानमाथिका विद्यमान प्रतिबन्धलाई थप पाँच वर्ष निरन्तरता दिने प्रावधान पनि समावेश गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि विधेयकको स्वागत गर्दै अमेरिकी सांसदहरूलाई धन्यवाद दिएका थिए ।

उनले रुसमाथि थप कडा आर्थिक दबाबले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई सहयोग पुग्ने बताएका थिए । भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न विभिन्न स्रोतबाट तेल खरिद जारी राख्ने बताएको छ । नयाँ अमेरिकी कानुनले भारतको रुससँगको ऊर्जा व्यापारमा समेत प्रभाव पार्न सक्ने भएकाले यस विषयमा नयाँदिल्लीको ध्यान केन्द्रित भएको छ ।

ट्रम्पले लामो समयदेखि कङ्ग्रेसबाट पारित हुने प्रतिबन्ध र भन्सारसम्बन्धी व्यवस्थामा राष्ट्रपतिको अधिकार विस्तार गर्न रुचि देखाउँदै आएका थिए । नयाँ कानुनले रुसको ऊर्जा आम्दानी तथा युद्धका लागि आवश्यक वित्तीय स्रोतमा दबाब बढाउने अमेरिकी प्रयासलाई थप कानुनी आधार दिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ५ : ५० बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,