सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ « Khabarhub

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

शनिबार साँझ लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा स्थानीय २३ वर्षीय निरजकुमार यादव घाइते भएका हुन् ।

यादवको शरीरको पछाडिपट्टि कम्मरमुनिको भागमा चोट लागेको बताइएको छ । घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको हो । उनको उपचार भइरहेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले घटनाको पुष्टि गर्दै घटनाबारे थप विवरण संकलन भइरहेको बताए ।

उनका अनुसार युवकलाई गोली लागेको भनिए पनि गोली प्रहार नै भएको हो वा अन्य कुनै हतियार प्रयोग भएको हो भन्ने विषयमा प्रहरीले यकिन गरिसकेको छैन ।

घटनापछि प्रहरीले घटनास्थलमा सुरक्षा टोली परिचालन गरेको छ । डीएसपी खड्का पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका केही व्यक्ति घटनापछि फरार भएका छन् ।

घटनाको कारण तथा आक्रमणमा प्रयोग भएको भनिएको हतियारबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले घटनाको थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ८ : २५ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६