पाकिस्तानमा अध्ययनरत अफगान विद्यार्थीलाई देश छाड्न निर्देशनपछि सयौँको भविष्य अन्यौलमा « Khabarhub

पाकिस्तानमा अध्ययनरत अफगान विद्यार्थीलाई देश छाड्न निर्देशनपछि सयौँको भविष्य अन्यौलमा


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको मेडिकल एण्ड डेन्टल काउन्सिल (पिएमडिसी) ले अध्ययनरत अफगान विद्यार्थीहरूलाई देश छाड्न निर्देशन दिएपछि २०० भन्दा बढी अफगान मेडिकल र डेन्टल विद्यार्थीहरूको भविष्य अनिश्चित बनेको छ । पिएमडिसीले विश्वविद्यालय तथा कलेजहरूलाई पत्र पठाउँदै हाल अध्ययनरत अफगान विद्यार्थीहरूलाई फिर्ता पठाउन आदेश दिएको हो र नयाँ भर्ना तथा ट्रान्सफरमा समेत रोक लगाएको छ।

यस निर्देशनपछि लाहोर, रावलपिन्डी लगायतका सहरहरूमा रहेका कलेजहरूले विद्यार्थीहरूलाई होस्टल खाली गर्न र कक्षामा उपस्थित नहुन चेतावनी दिएका छन्। अधिकांश प्रभावित विद्यार्थीहरू पाकिस्तान सरकार र काबुलस्थित पाकिस्तानी दूतावासको सहकार्यमा सञ्चालित ‘अलामा इकबाल छात्रवृत्ति’ कार्यक्रममार्फत अध्ययनका लागि आएका थिए।

यसैबीच, लाहोर उच्च अदालतले अफगान विद्यार्थीहरूद्वारा दायर रिटमा सुनुवाइ गर्दै पिएमडिसीको उक्त निर्णयको कार्यान्वयनमा तत्कालका लागि रोक लगाएको छ। अदालतले विद्यार्थीहरूलाई परीक्षामा सामेल हुन, कक्षा लिन र होस्टलमा बस्न अनुमति दिन आदेश दिएको छ।

कानुन व्यवसायी असद जमालका अनुसार सेप्टेम्बर १८ मा हुने अर्को सुनुवाइ नभएसम्म विद्यार्थीहरूलाई कुनै पनि दण्डात्मक कारबाही गर्न पाइने छैन। यसअघि सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएसँगै अफगानिस्तानमा महिलाको उच्च शिक्षामा प्रतिबन्ध लगाइएको थियो, जसका कारण त्यहाँका छात्राहरू पाकिस्तानमा आएर अध्ययन गर्न बाध्य भएका थिए।

तर पछिल्लो राजनीतिक तनाव र अवैध आप्रवासी फिर्ता गर्ने पाकिस्तानी सरकारको नीतिकै कारण आफूहरू मारमा परेको विद्यार्थीहरूको गुनासो छ। मानव अधिकारवादी संस्थाहरू र पूर्वडिप्लोम्याटहरूले पनि मानवीय दृष्टिकोण अपनाउन आग्रह गर्दै यो निर्णय फिर्ता लिन माग गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ४ : ३६ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने