भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा « Khabarhub

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको विदेशी मुद्रा सञ्चितिले नयाँ कीर्तिमान कायम गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार भारतको विदेशी मुद्रा सञ्चिति ७ खर्ब ८५ अर्ब ७ करोड अमेरिकी डलर पुगेको छ । देशको भुक्तानी सन्तुलनलाई बलियो बनाउन चालिएका नीतिगत उपायहरू अन्तर्गत व्यापक मात्रामा विदेशी पुँजी भित्रिएसँगै सञ्चिति बढेको हो ।

भारतको विदेशी मुद्रा सञ्चिति लगातार दश सातादेखि बढिरहेको छ। यस अवधिमा मात्रै करिब १ खर्ब २० अर्ब डलरले वृद्धि भएको छ भने पछिल्लो सातामा मात्रै करिब ४५ अर्ब डलरले वृद्धि भएको तथ्यांकले देखाएको छ। गत जुन महिनामा भारतले डलर भित्र्याउनका लागि विभिन्न आकर्षक नीतिहरू सार्वजनिक गरेको थियो। सरकारी स्वामित्वका कम्पनी र बैंकहरूलाई विदेशी ऋणमा छुटसहितको हेजिङ सुविधा तथा बैंकहरूलाई निःशुल्क हेजिङ सुविधा उपलब्ध गराइएको थियो।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले जुन ५ देखि अगस्ट ३१ बीच यी योजनाहरू अन्तर्गत १ खर्ब ३६ अर्ब ३० करोड डलर प्राप्त गरेको छ। यसमा गैरआवासीय भारतीय (एनआरआइ) निक्षेपबाट मात्रै अनुमानभन्दा धेरै अर्थात् १ खर्ब २७ अर्ब डलर जम्मा भएको छ। उल्लेख्य मात्रामा पुँजी भित्रिएपछि केन्द्रीय बैंकले विदेशी निक्षेपका लागि आफ्नो निक्षेप हेजिङ सुविधाको समयसीमा एक महिना अगावै अर्थात् अगस्टको अन्त्यमै समाप्त गरेको थियो।

सेप्टेम्बर ४ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति बढ्नुको मुख्य कारण केन्द्रीय बैंकको विदेशी मुद्रा सम्पत्तिमा ४७ अर्ब ४० करोड डलरको वृद्धि हुनु हो। यद्यपि, सोही अवधिमा सुनको मूल्य भने करिब २ अर्ब ६० करोड डलरले घटेर १ खर्ब १३ अर्ब ८० करोड डलरमा सीमित भएको छ। भारुको मूल्यलाई टेवा दिन विदेशी मुद्रा बजारमा आरबीआईले गरिरहेको बारम्बारको हस्तक्षेपले केही विदेशी डलर प्रवाहको प्रभावलाई कम गरेको बैंकरहरूको भनाइ छ।

विश्लेषकहरूका अनुसार डलर प्रवाहले आरबीआईको तत्कालको विदेशी मुद्रा सञ्चिति बढाए पनि यसले फर्वार्ड बूकमा भविष्यको दायित्वलाई पनि झल्काउँछ। एक्सिस बैंकका अर्थशास्त्री तनाय दलालका अनुसार, आरबीआईले आगामी १२ महिनाभित्रका अवस्थित डलर बिक्रीलाई अगाडि ल्याउने निर्णय गरेमा मुख्य सञ्चिति करिब ७ खर्ब ५० अर्ब डलरको आसपासमा स्थिर रहने सम्भावना छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ४ : ३८ बजे

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने