प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू « Khabarhub

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका द्विपक्षीय मुद्दालाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका छन् ।

रुस भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर आयोजनासहितका कामलाई वर्तमान सरकारले निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले नेपाल–भारतबीच विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकाससँग सम्बन्धित सहमति र समझदारीलाई पनि कार्यान्वयनको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए ।

वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भारत भ्रमणका विषयमा आफू स्पष्ट नभए पनि सरकारले गर्ने राम्रा काममा समर्थन र सहयोग तथा गलत काममा आलोचना गर्ने आफ्नो नीति रहेको प्रचण्डले बताए ।

रुसमा आयोजित सम्मेलनमा विश्वमा जारी युद्ध र तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका अन्तर्राष्ट्रिय मुद्दामा पार्टी र नेपालको स्पष्ट धारणा प्रस्तुत गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ११ : ३० बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य

विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा, पहिलो कुन ?

काठमाडौं– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव- भारत भ्रमणमा पञ्चेश्वर आयोजना अघि बढाउनू

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको

एपेकमा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन

राष्ट्रिय हित र जनताका मुद्दामा एमाले एकताबद्ध हुनुपर्छ : बादल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय हित र जनताका