काठमाडौँ –नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दलप्रति लक्षित गर्दै उनीहरूलाई मौसमी छिचिमिराको संज्ञा दिएका छन् । उनले यस्ता दलसँग डराउनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ दलको प्रभाव लामो समय नरहने दाबी गरे । उनले बर्खायाममा देखिने छिचिमिराको आयु छोटो हुने उदाहरण दिँदै नयाँ राजनीतिक शक्तिहरू पनि लामो समय टिक्न नसक्ने आशय व्यक्त गरे ।
‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन । यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छन् भने कतिपय आफैँ भुइँमा झर्छन्’, ओलीले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’
उनले एमाले सरकारबाट विस्थापित हुनुको कारण पार्टीको आन्तरिक कमजोरी मात्र नभएको दाबी गरे ।














प्रतिक्रिया