एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ « Khabarhub

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन् ।

बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’ मा सम्बोधन गर्दै टर्कले विश्वको अधिकांश एआई कम्प्युटिङ क्षमता, तथ्याङ्क र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताए ।

विश्वका पाँच प्रविधि कम्पनीले ७० प्रतिशतभन्दा बढी एआई कम्प्युटिङ क्षमताको स्वामित्व राख्नु लोकतान्त्रिक सहभागिताको दृष्टिले गम्भीर विषय भएको उनको भनाइ थियो ।

भविष्यको प्रविधिलाई हामी मध्ययुगीन शैलीमा शासन गरिरहेका छौँ, जहाँ केही सीमित व्यक्तिको नियन्त्रण छ र निगरानी, सन्तुलन, सहभागिता तथा जवाफदेहिताको अभाव छ,’ उनले भने ।

एआईको अनियन्त्रित प्रयोगले सर्वसाधारणको अधिकार र स्वतन्त्रता प्रभावित हुन सक्ने उनले बताए । एआईले सार्वजनिक बहसलाई प्रभावित पार्नुका साथै पक्षपाती एल्गोरिदमले ठूलो स्तरमा विभेद र अन्यायलाई निरन्तरता दिन सक्ने उनको चेतावनी थियो ।

यातायात, खाद्य आपूर्ति र स्वास्थ्य सेवाजस्ता महत्त्वपूर्ण क्षेत्र डिजिटल प्रविधिमा निर्भर हुँदै गएको उल्लेख गर्दै उनले एआईको गलत प्रयोगले कुनै समुदाय वा देशको महत्त्वपूर्ण पूर्वाधार अवरुद्ध गर्न सक्ने बताए ।

टर्कले एआईको विकास र प्रयोगलाई मानवअधिकार केन्द्रित नियमनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले प्रमुख एआई कम्पनीहरूलाई प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न पत्राचार गरेको जानकारी दिए।

दूध बजारसम्म पुर्‍याउन विभिन्न परीक्षण र नियमन आवश्यक भएजस्तै सम्भावित जोखिमका कारण एआईमा पनि नियमन अपरिहार्य रहेको उनको भनाइ थियो । एआई मोडेलको तालिममा मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई आधार बनाउनुपर्ने सुझावसमेत उनले दिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : ३८ बजे

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित

आगलागीबाट पोखराकाे बालआश्रममा एक करोड बढीको क्षति

गण्डकी – कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं – श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

काठमाडौं – आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी