रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा « Khabarhub

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन् ।

उनी र गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरूबीच संवाद भइरहेको छ। मंगलबार प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराउनुअघि सभापति गगनसहितका नेताहरूसँग उनले पार्टी प्रवेश वा सम्भावित सहकार्यबारेमा संवाद थालेकी हुन् ।

गगनहरू यतिबेला कांग्रेसको उम्मेदवार छनोट रस्साकस्सीमा छन् । गगन, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला तीनै पक्षको सूची एक ठाउँमा राखेर अहिले उम्मेदवार तय गर्ने काम हुँदैछ ।

उम्मेदवारी दिन एक दिन बाँकी हुँदा रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठसँग छलफल चलिरहेको सभापति थापानिकट एकजना नेताले पुष्टि गरेका छन् ।

‘अहिले सामाजिक सञ्जालमा चलिरहेको चर्चा सत्य हो, तर सुमनासँग अहिले नै कुरा फाइनलाइज भइसकेको छैन’, उनले भने, ‘हामी छलफलमै छौँ, भरेसम्म कुरा मिलेर केही निर्णय हुन सक्छ।’

उनले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्टि जनाउँदै रास्वपा छाडेकी थिइन् । रविले नख्खु कारागारबाट बलजफ्ती निस्केको कुरामा पनि सुमनाले गम्भीर आपत्ति जनाएकी थिइन् ।

त्यसपछि उनी काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहको समूहसँग निकट थिइन् । उनले उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । उनी बालेन्द्रको समूहमा मिसिएर रास्वपा फर्किने चर्चा थियो । तर रविले आफ्ना कट्टर आलोचक उनलाई स्वीकारेनन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : १० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका