रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा « Khabarhub

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन् ।

उनी र गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरूबीच संवाद भइरहेको छ। मंगलबार प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराउनुअघि सभापति गगनसहितका नेताहरूसँग उनले पार्टी प्रवेश वा सम्भावित सहकार्यबारेमा संवाद थालेकी हुन् ।

गगनहरू यतिबेला कांग्रेसको उम्मेदवार छनोट रस्साकस्सीमा छन् । गगन, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला तीनै पक्षको सूची एक ठाउँमा राखेर अहिले उम्मेदवार तय गर्ने काम हुँदैछ ।

उम्मेदवारी दिन एक दिन बाँकी हुँदा रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठसँग छलफल चलिरहेको सभापति थापानिकट एकजना नेताले पुष्टि गरेका छन् ।

‘अहिले सामाजिक सञ्जालमा चलिरहेको चर्चा सत्य हो, तर सुमनासँग अहिले नै कुरा फाइनलाइज भइसकेको छैन’, उनले भने, ‘हामी छलफलमै छौँ, भरेसम्म कुरा मिलेर केही निर्णय हुन सक्छ।’

उनले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्टि जनाउँदै रास्वपा छाडेकी थिइन् । रविले नख्खु कारागारबाट बलजफ्ती निस्केको कुरामा पनि सुमनाले गम्भीर आपत्ति जनाएकी थिइन् ।

त्यसपछि उनी काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहको समूहसँग निकट थिइन् । उनले उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । उनी बालेन्द्रको समूहमा मिसिएर रास्वपा फर्किने चर्चा थियो । तर रविले आफ्ना कट्टर आलोचक उनलाई स्वीकारेनन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : १० बजे

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित