रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ? « Khabarhub

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

०७९ मा प्रत्यक्षतर्फ ३२ हजार र समानुपातिका ७२ हजार मत



काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा सरगर्मी सुरू भएको छ। मंगलबार देशका १६५ क्षेत्रमा मनोनयन हुने भएपछि देशभर नेताहरूको दौडादौड सुरू भएको छ।

पुसको जाडो सकिएसँगै निर्वाचनको माहोल पनि तातिँदै गएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले घोषणा गरेको निर्वाचन आउन ४५ दिन बाँकी छ। २०७९ को निर्वाचनक चौथो दल रास्वपाले पुरानाभन्दा निकै सहज रुपमा निर्वाचन प्रचार गरिरहेको छ।

कारण उनीहरूले ‘एकपटक हामीलाई हेरौँ पटकपटक अरुलाई हेर्यौँ’ भन्ने आवाज उठाइरहेका छन् । २०७९ को निर्वाचनमा पनि रास्वपा सभापति रवि लामिछानेले यो पटक मत मात्रै बदल्नुहोस्, पार्टी तपाईंहरूकै राख्नुस् भनेका थिए ।

तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार भएकै बेला भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले तत्कालीन सरकारको सत्ताच्युत गरेको थियो। आन्दोलनरत पक्ष नवपुस्तालाई समेटेर अहिले रास्वपा निर्वाचनमा सहभागी हुन लागेको छ ।

सोमबार मधेशको राजधानी जनकपुरमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह र सभापति रवि लामिछाने सहितले परिवर्तित उद्घोष सभा गरे । जसले अब मधेशलाई पनि चुनावतिर होमेको छ।

उद्घोष सभामा बालेन्द्रलाई हेर्न आउनेको ठूलो भिड थियो । त्यो कुराको पुष्टि दर्शक दीर्घबाछ बालेन जिन्दावाद, अब कि बार बालेन सरकार लगायतका नारा लगाएकोले पुष्टि गरेको छ।

बालेनले पनि मैथिली भाषामै भाषण गरेर मधेशको छोरो पहिलोपटक प्रधानमन्त्री बन्न लागेको दाबी गरे । त्यसका लागि रास्वपामा मतदान गर्न उनलेआग्रह गरे।

रास्वपामा प्रवेश गरेपछि पहिलोपटक सार्वजनिक मञ्चमा उक्लिएर बोलेका बालेनले मैथिली भाषामा भाषण गर्दा दर्शक उत्साहित देखिए ।

यता सभापति लामिछानेले पनि मधेशको छोरो प्रधानमन्त्री बनाउन आफूले नै ठूलो त्याग गरेको बताउँदै बहुमत ल्याएपछि बालेन प्रधानमन्त्री बन्ने विश्वास दिलाए।

शक्ति आर्जनको केन्द्र

भौगोलिक रुपमा सहज भए पनि विकासको दृष्टिकोणले मधेश अझै पछि छ। त्यहाँ शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता कुराको समस्या छ । जातीय विभेद र भेदभाव पनि उस्तै छ ।

मधेशलाई ठूला दलले बेवास्ता गरेका कारण विकास नभएको आवाज उठाइरहेको रास्वपा २०७९ को निर्वाचनमा कमजोर देखिएको थियो।

यसैकारण यस पटक प्रधानमन्त्रीको उम्मेदवार पनि मधेशी नेता बालेन्द्रलाई बनाएर भोट तान्ने रणनीति रास्वपाले बनाएको छ।

मधेशको महोत्तरी पुर्ख्यौली घर भएका उनी काठमाडौंमै जन्मे हुर्केर यहाँको मेयर भए । मधेशसँग पुर्ख्यौली साइन भएका उनलाई रास्वपाले मधेशको छोरो र शान भन्दै प्रचार गरिरहेको छ ।

पहिलोपटक जनकपुरमा बृहत् सभा गरेको रास्वपामा बृहत् मधेसी मूलका कयौँ नेताहहररू उपस्थित रहेको नेता शिशिर खनाल बताउँछन्।

रास्वपाले मधेशमा आफ्नो पकड बनाउन २०८० मङ्सिर १० बाट महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि राख्यो ।

त्यसबेला रास्वपा नेताहरूले राम जानकी मन्दिरको दर्शन गरे, फोटो खिचाए । यसपटक पनि बालेन्द्रले त्यो दोहोर्‍याए । उनले सोमबार बिहानै जानकी मन्दिर दर्शन गरेर अमरेशकुमार सिंहसँग फोटो खिचाए ।

शक्ति आर्जनकै लागि रास्वपाले मधेशलाई प्राथमिकता दिए पनि बालेन भने झापा क्षेत्र नम्बर ५ बाट उठ्दैछन् । त्यसकारण मधेशबाट रास्वपाले कस्तो परिणाम ल्याउँछ चासोको विषय बनेको छ।

‘मधेसमा उहाँको सम्भावना राम्रो छ । तर केपी ओलीलाई हराएर नेपाली जनताको सपना साकार पार्नुछ । यसैका लागि बालेन झापा झर्नुभएको हो’, उनका एक सहयोगी भन्छन् ।

मधेशमा ०७९ को गणित

मधेशको राजनीति र परिणाम हरेक चुनावमा तलमाथि भइरहन्छ । २०७९ को चुनावमा एमाले पहिलो दल बन्यो । मधेशबाट थुप्रै नेता पटकपटक मन्त्री बनेका छन् । उनीहरू सत्तामा पुगे पनि नतिजामुखी काम गर्न नसकेको आरोप लागिरहेको छ।

यहाँ उपेन्द्र यादवदेखि सीके राउतसम्म आउँदा पनि मधेसवादी दलका नेताहरू एकजुट हुन सकेका छैनन् । मधेशकेन्द्रित दलहरूको अलायन्स पनि अहिले अलपत्र छ । जनमत पार्टीका अध्यक्ष सीके राउत भन्छन, ‘नाम मात्रको एकताले मधेशलाई कुनै प्रभाव पार्दैन । काम र विचारसँगको एकता गरौं भनेर लागेका छौं।’

साँच्चिकै नवपुस्ताको आन्दोलनले हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशमा आफ्नो पकट जमाउन सक्ला यो प्रश्नको उत्तर खोज्न भने फागुन २१ को निर्वाचन कुर्नै पर्छ। तर अहिले यहाँ हामीले मधेसको सामान्य अङ्कगणितलाई विश्लेषण गरेका छौं ।

मधेश प्रदेशमा आठ जिल्ला र ३२ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्। २०७९ को निर्वाचनमा देशभरबाट ११ लाख मत कटाउँदा रास्वपाले मधेशका आठ जिल्लामा प्रत्यक्षतर्फ ३२ हजार मत मात्रै ल्याएको थियो।

समानुपातिकमा उसको मत ७२ हजार कटेको थियो। २०७९ सालमा मधेशमा ३३ लाख समानुपातिक मतदाता थिए । यस पटक केही हजार मतदाता थपिएका छन्।

जिल्लागत रूपमा सबैभन्दा बढी बाराबाट १०हजार ७८२ मत पायो । सप्तरीबाट प्रत्यक्षमा २०७४ मा ल्याउँदा समानुपातिकमा ३५१७ मत ल्याएको छ।

यस्तै सिराहाबाट २४२० मत ल्याउँदा समानुपातिकमा ४२५६ मत पाएको छ। धनुषाबाट प्रत्यक्षमा २१२१ र समानुपातिकमा ६१९१ , सर्लाहीबाट ७६९४ , समानुपातिकमा १५८९८ मत आएको छ।

महोत्तरीबाट २०२४ र समानुपातिकमा ८४२६ मत राष्ट्रिय स्वतन्त्र पार्टीको छ। यस्तै पर्साबाट प्रत्यक्षमा १८९४ र समानुपातिकमा ७४५१ मत राष्ट्रिय स्वतन्त्र पार्टीको खसेको छ।

औसतमा अन्य प्रदेशको तुलनामा मधेशमा रास्वपाको अवस्था दयानीय थियो । २०७९ को निर्वाचनलाई आँकलन गर्दा अहिले रास्वपाको संगठन बलियो हुँदैछ । मधेशमा पनि मत बढाएर जित्ने आकलन रास्वपाको छ ।

सभापति लामिछानेको गृहजिल्ला चितवनमा एक लाख हाराहारीको मत बटुलेको रास्वपाले मधेशका आठ जिल्लामा ७२ हजार मात्रै मत ल्याएकाले अवस्था दयनीय थियो ।

२०८० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रहेका रमेश खरेलले बारा बाट २८२९ मत पाएर चौथो बनेका थिए। तर जेन-जी आन्दोलनपछि परिस्थिति फेरिएकाले यसपटक रास्वपाले मधेशमा प्रभाव बढाउने प्रवक्ता मनिष झा बताउँछन्।

अहिले मधेशलाई चिनेका प्रदेश सांसद रहबर अन्सारीले माओवादी छाडेर मधेशमा रास्वपाको पक्षमा लहर ल्याउने बताएका छन् । उनले मधेशका ३२ मध्ये बहुमत निर्वाचन क्षेत्रमा रास्वपा विजयी हुने दाबी गरे । उनले भने, ‘मधेशले यस पटक देखाइदिनेछ ।’

जनकपुर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशका ६० प्रतिशत मतदाताले घण्टीमा मतदान गर्ने दाबी गरे। पार्टीका अर्थ विज्ञ तथा घोषणापत्रका मुख्य योजनाकार उनले मधेश प्रदेशबाट रास्वपाले इतिहास बनाउने जिकिर गरे ।

‘२०७९ मा हामीले १ लाखभन्दा कम मत पाएका रहेछौँ। त्यो बेला हामीले पार्टी चिनाउनै पाएका थिएनौँ’, उनले भने, ‘करिब ३४ लाख मतदातामा यस पटक रास्वपाले ६०/७० प्रतिशतको माया पाउनेछ ।’

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ३५ बजे

आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाउन नहुने इरानको धारणा

तेहरान – इरानले शनिबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को एक

चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय

३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला अधिवेशनअन्तर्गत आज

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा