एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध « Khabarhub

एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक सञ्जालबाट भ्रामक, कपोलकल्पित र तथ्यहीन सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ। पछिल्लो समय भइरहेको यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता क्रियाकलाप नगर्न काठमाडौं प्रहरीले यस्तो अनुरोध गरेको हो।

काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने सवारी चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ। आरोपितमाथि कानून बमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको प्रहरीले प्रष्ट पारेको छ।

काठमाडौं प्रहरीले उक्त घटनालाई लिएर विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्तविक तथ्यलाई बंग्याएर भ्रामक फोटो, भिडियो र अन्य सूचना सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको हो।

काठमाडौं परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै यस्तो अनुरोध गरेका हुन्।

उनले भनेका छन्, ‘कानून बमोजिम अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गर्ने कार्य स्वयम् अनुसन्धानको घेरामा पर्न सक्ने भएकाले यसप्रति सजग रहन हार्दिक अनुरोध गरिन्छ।’

प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा राष्ट्रिय कानूनको परिधिभित्र रही, सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न र नागरिकको हैसियतले निर्वाह गर्नुपर्ने सार्वजनिक जवाफदेहिता एवं मानवीय कर्तव्यको पालना गर्न सबै सम्बद्ध पक्षसँग अनुरोध गरेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : १३ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय