सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१३ बाके–संग्रामपुर सडक खण्डमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको गरेर तीन वटा मोटरसाइकल एकसाथ ठोक्किएका हुन् ।

बुधबार राति ८ बजे भएको दुर्घटनाका घाइते चार जनालाई लालबन्दीस्थित मोडल अस्पतालमा लगिएको थियो । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । उपचारकोक्रममा दुई जनाको मध्यरातमा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सर्लाही प्रहरीका अनुसार दुर्घटनाका गम्भीर घाइते हरिपूर्वा नगरपालिका ९ मिर्चैयाका मुकेश राय र सोही ठाउँका रामज्ञान रायको उपचारकोक्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि अन्य दुई जनालाई भने प्रहरीले इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ९ : ५७ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय