एमालेको महत्वाकांक्षी योजना : आधा दशकमा १०० खर्ब, एक दशकमा २०० खर्बको अर्थतन्त्र « Khabarhub

एमालेको महत्वाकांक्षी योजना : आधा दशकमा १०० खर्ब, एक दशकमा २०० खर्बको अर्थतन्त्र


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि घोषणा पत्र ल्याएको हो । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरे।

घोषणा पत्रमा एमालेले आर्थिक मुद्दालाई विशेष प्राथमिकता दिएको छ । उसले अबको एक दशकमा देशको अर्थतन्त्रलाई २ सय खर्बको बनाउने योजना ल्याएको छ।

एमालेका आर्थिक मुद्दा

एक दशकमा २०० खर्बको अर्थतन्त्र

एमालेले समृद्धिको स्तम्भमा आर्थिक वृद्धिदर ७-९ प्रतिशत पुर्‍याएर पाँच वर्षमा अर्थतन्त्रको आकार १०० खर्ब र दश वर्षमा २०० खर्ब पुर्‍याउने लक्ष्य राखेको छ।

कृषि, ऊर्जा, उद्योग र सूचना प्रविधिमा फड्को मार्ने योजना एमाललेको छ। नेपाली नागरिकको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर बनाउने योजना पनि एमालेले घोषणा पत्रमा समेटेको छ । त्यसैगरी चरम गरिबी अन्त्य गर्ने प्रतिबद्धतासहित उत्पादनशील क्षेत्रमा लगानी बढाउने योजना पनि एमालेले ल्याएको छ।

वार्षिक ५ लाख रोजगारी सिर्जना

मर्यादित श्रमको स्तम्भमा एमालेले वैदेशिक रोजगारीको बाध्यता हटाउन स्वदेशमै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ।

कृषि, हरित उद्योग, सूचना प्रविधि र पूर्वाधार आयोजनामा रोजगारी विस्तार गर्ने योजना छ।

युवाहरूलाई सीप र उद्यमशीलता विकास गरी निजी क्षेत्रको आत्मविश्वास बढाउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता एमालेले गरेको छ।

सुरक्षित आवास

सुरक्षित र सम्मानजनक बासको प्रतिबद्धता जनाएको एमालेले भूमिहीन, सुकुम्बासी र कमजोर वर्गका लागि आधारभूत सेवासहित आवास उपलब्ध गराउने घोषणा गरेको छ।

विपद् पीडित र ज्येष्ठ नागरिकलाई ‘नागरिक आवास’ सेवा दिने र सहुलियत ऋण तथा लिजमा जग्गा उपलब्ध गराउने योजना छ। ‘नागरिक आवास कोष’ स्थापना गरी निजी क्षेत्रलाई प्रोत्साहन दिने उल्लेख छ।

गतिशील गाउँ र आधुनिक सहर

गाउँलाई उत्पादन केन्द्र र सहरलाई पूँजी तथा सेवा केन्द्र बनाउने एमालेको योजनाले आर्थिक विकासको नयाँ लहर ल्याउने दाबी गरेको छ।

उपमहानगरहरूलाई ‘मेगा सिटी’मा रूपान्तरण गर्ने र करिडोर सिटीहरू विकास गर्ने एमालेको प्रतिबद्धता छ।

गाउँ-सहर सहकार्यबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र उत्पादनको मूल्य श्रृङ्खला विकास गर्ने घोषणा गरिएको छ।

उद्योग क्षेत्रको विस्तार : जीडीपीमा २० प्रतिशत योगदान

उद्योग क्षेत्रको योगदान दोब्बर बनाएर कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत पुर्‍याउने एमालेको लक्ष्य छ।

उत्पादनमूलक उद्योग, खानी र निर्माण क्षेत्र विस्तार गर्ने योजना छ। उद्योगीहरूको सुरक्षा ग्यारेन्टी गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्ने र ‘इन्डष्ट्रियल इकोसिस्टम’ विकास गर्ने प्रतिबद्धता एमालेको छ।

दैलेखमा ग्यास र नवलपरासीको धौवादी फलाम खानीको व्यापारिक उत्पादन सुरू गर्ने योजना पनि एमालेले घोषणा पत्रमा ल्याएको छ।

व्यापार सन्तुलन : निर्यात तेब्बर बनाउने

आयात घटाउने र निर्यात बढाउने एमालेको योजनाले भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने दाबी गरेको छ।

तीन वर्षमा निर्यात दोब्बर र पाँच वर्षमा तेब्बर गर्ने लक्ष्य एमालेले लिएको छ।

कृषि उपज, विद्युत् र सूचना प्रविधि निर्यातमा जोड दिँदै ‘ल्याण्ड लिंक्ड निर्यातक’ बनाउने प्रतिबद्धता एमालेको छ। भारत र चीनसँगका बन्दरगाह उपयोग गरी अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने योजना एमालेको छ।

आधुनिक कृषि : उद्यम व्यवसायमा रूपान्तरण

कृषिलाई परम्परागतबाट आधुनिक उद्यममा रूपान्तरण गर्ने एमालेको घोषणाले कृषिमै रोजगारी र पर्याप्त आय सुनिश्चित गर्ने छ।

सहुलियत ऋण, बीमा र भूमि बैङ्क व्यवस्था गर्ने योजना छ। कृषि प्राविधिकहरूलाई खेतबारीसम्म पुर्‍याउने र ‘एग्रो प्रोसेसिङ्ग जोन’ स्थापना गरी मूल्य श्रृङ्खला विकास गर्ने प्रतिबद्धता एमालेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  २ : ०२ बजे

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बालेनले रुखमा बाँधेर बाटो बनाउने भन्दा गगनले ल्याए ठेक्का प्रणाली सुधार्ने नीति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’

जेन-जी विद्रोहको अपनत्व लिँदै कांग्रेसको घोषणा : हामी बदलियौँ, अब देशको परिवेश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि जारी

निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि निष्क्रिय