०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा « Khabarhub

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र भ्रष्ट्राचारमुक्त बनाउने घोषणा गरेका छन् । 
बिहीबार काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा बोल्दै उनले ०४८ सालयता नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानबिन गर्ने दाबी गरेका हुन् । 

‘नागरिकलाई हैरानीबाट मुक्त गराउँछौँ, हाम्रो समाजलाई जबाफदेही बनाउँछौँ । त्यसका लागि ०४८ यता सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नेछौं । यसमा मलाई कतिले तपाईँको पार्टीको हिजो मन्त्री हुनुभएको प्रधानमन्त्री, मन्त्री नेता, तपाईँ आफ्नो पनि छानबिन गर्नुहुन्छ ?, हो, प्रत्येकको छानबिन हुन्छ,’ थापाले दाबी गरे । 

सम्पत्ति छानबिनका लागि बनाएको आयोगले दिएको सिफारिसको आधारमा कांग्रेसले नातावाद, कृपावाद केही नहेरी कार्यान्वयन गर्ने समेत उनले थपे । 

‘यो किन पनि गरिन्छ भने सार्वजनिक ओहोदामा बसेर भ्रष्ट्राचार गरेमा २० वर्षपछि पनि सजाय हुँदो रहेछ है भन्ने मान्यतालाई नेपालमा स्थापित गर्नुपर्नेछ,’ उनले थपे, हामी भ्रष्ट्राचारको मामिलामा थुप्रै कानुनहरू बनाउनुपर्नेछ हामीले प्रोजेक्ट गर्भनेन्स भनेर ७ वर्षदेखि काम गरेका छौँ, ती सबै प्रतिज्ञामा उल्लेख नगरिए पनि हामीसँग लिस्ट छ,’ उनले सुनाए । 

यस्तै, अख्तियारले नीतिगत भ्रष्ट्राचार हेर्ने कानुनलाई ६ महिनाभित्र बनाउनेदेखि जिम्मेवार अधिकारीले तोकिएको समयमा काम नगर्नु पनि कानुन नै बनाएर रोक्नेसम्मको काम गर्ने उनले भने । 

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ३ : ५६ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा