भारतको ऊर्जा उत्पादन क्षमतामा उल्लेख्य विस्तार « Khabarhub

भारतको ऊर्जा उत्पादन क्षमतामा उल्लेख्य विस्तार


७ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ऊर्जा उत्पादन क्षमतामा उल्लेख्य विस्तार भएको छ । आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो १० महिनामा भारतको ऊर्जा उत्पादन क्षमता ५० हजार मेगावाटभन्दा धेरैले वृद्धि भएको छ ।

भारतको ऊर्जा मन्त्रालयका अनुसार सन् २०२५ को अप्रिलदेखि सन् २०२६ को जनवरी अन्त्यसम्म ऊर्जा उत्पादन क्षमता ५२ हजार २ सय ३७ मेगावाटले वृद्धि भएको हो । सो अवधिमा भारतको ऊर्जा उत्पादन क्षमता ११.२२ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष भारतको ऊर्जा उत्पादन क्षमता ३४ हजार ५४ मेगावाटले वृद्धि भएको थियो । ऊर्जा मन्त्रालयले यसलाई कुनै एक वर्षमा वृद्धि भएको हालसम्मकै सबैभन्दा धेरै ऊर्जा क्षमता भनेको छ ।

यस वृद्धिमा नवीकरणीय ऊर्जाको हिस्सा झण्डै ८० प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ । यस अवधिमा नवीकरणीय स्रोतबाट ३९ हजार ६ सय ५७ मेगावाट थप ऊर्जा उत्पादन भएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा ३४ हजार ९ सय ५५ मेगावाट सौर्य ऊर्जा, ४ हजार ६ सय १३ मेगावाट वायु ऊर्जा उत्पादन थप भएको छ ।

यससँगै भारतको कुल ऊर्जा उत्पादन क्षमता ५ लाख २० हजार ५ सय १० दशमलब ९५ मेगावाट पुगेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार  ६ : ३३ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल