इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’ « Khabarhub

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक क्षेत्रमा ठूलो क्षति भएको छ ।

बिबिसीका अनुसार ‘रास लाफान’मा व्यापक क्षति पुगेको हो। कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार ग्यास क्षेत्रमा भएको इजरायली हमलाको बदला लिन इरानले यो आक्रमण गरेको हो।

इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि तेहरानले ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिएको थियो। सोही क्रममा रास लाफानलाई निशाना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

साउथ पार्स विश्वकै ठूलो प्राकृतिक ग्यास भण्डारको हिस्सा हो, जहाँ कतार र इरान दुवैका प्रशोधन केन्द्र सञ्चालित छन्। यो आक्रमणका विषयमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिका, इजरायल र इरानी आक्रमणले मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ।

यो युद्धको मारमा दुबई, कतार, कुवेत, इराक, बहराइन र साउदी अरेबिया परेका छन् । अधिकांश नेपाली कामदार खाडी मुलुकमा भएकाले त्यहाँ हुने विष्फोटले नेपालीका घरघरमा त्रास बढ्दै गएको छ ।

मध्यपूर्वमा जारी यो शक्ति संघर्षले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर चुनौती थपेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ६ : ०१ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.