पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ « Khabarhub

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भने, ‘संयमको एक मात्र कारण’ शुभेच्छुकहरूबाट तनाव कम गर्न गरिएको अनुरोध हो ।

‘यो युद्धको कुनै पनि अवस्थामा हुने अन्त्यले हाम्रा नागरिक बस्तीहरूमा भएको क्षतिलाई सम्बोधन गर्नुपर्दछ,’ उनले थपे । बुधबार इजरायलले दोहासँग साझेदारी गरेको खाडीमा रहेको इरानको ‘साउथ पार्स’ अपतटीय प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण सुरु गरेको छ । यसको केही समयपछि कतारले इरानद्वारा आफ्नो तरलीकृत प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा निशाना बनाएको र आक्रमणका कारण केन्द्रमा आगलागी र व्यापक क्षति भएको जनाएको छ।

जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा भनेका छन्, ‘संयुक्त राज्य अमेरिका इजरायली आक्रमणको बारेमा अनभिज्ञ छ, न त कतार यसमा संलग्न छ ।’

यो घटनाक्रमको विकास फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि बढेको तनावको बीचमा आएको हो ।

आक्रमणको बदलामा इरान र उसका क्षेत्रीय सहयोगीहरूले मध्यपूर्वमा इजरायल र अमेरिकी चासाका क्षेत्रमाथि आक्रमण गरेका छन् । यद्यपि आक्रमणबाट स्वभाविक रूपमा इरानले बढी क्षति व्यहोरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ८ : ५४ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा