हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास « Khabarhub

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

व्यापारिक जहाजलाई निशाना बनाउने इरानको चेतावनी


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ व्यापारिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ । शनिबार जलसन्धि क्षेत्रमा केही जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएसँगै इरानले सो क्षेत्रमा प्रवेश गर्ने जुनसुकै जहाजलाई निशाना बनाइने चेतावनी दिएको हो ।

इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ (आईजीआरसी) ले अमेरिकाले जारी राखेको नाकाबन्दीका कारण यो निर्णय लिनु परेको जनाएको छ । इरानी विदेशमन्त्रीले जलसन्धि अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको भोलिपल्टै सेनाले पुनः बन्दको निर्णय लिएको हो ।

इरानी नौसेनाले एक विज्ञप्ति जारी गर्दै फारसको खाडी वा ओमानको सागरमा रहेका कुनै पनि जहाजलाई आफ्नो स्थानबाट अघि नबढ्न चेतावनी दिएको छ । “हर्मुज जलसन्धि तर्फ आउनुलाई शत्रुलाई सहयोग गरेको मानिनेछ र त्यस्ता जहाजलाई लक्षित गरी आक्रमण गरिनेछ,” आईजीआरसीको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो धम्कीबाट अमेरिका नडराउने प्रतिक्रिया दिएका छन् । ट्रम्पले इरानले ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप लगाउँदै जलमार्ग बन्द गरेर विश्वव्यापी ऊर्जा संकट सिर्जना गरेको बताएका छन् । इरानले विगत दुई महिनादेखि यो मार्गलाई प्रभावकारी रूपमा अवरुद्ध पार्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ ।

अमेरिकाले इरानी बन्दरगाहमा गरेको नौसैनिक नाकाबन्दी दुई देशबीच शान्ति सम्झौता नभएसम्म जारी रहने अडान लिएको छ । हाल कायम रहेको दुई हप्ते युद्धविराम अप्रिल २२ मा समाप्त हुँदैछ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : १८ बजे

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति